काठमाडौं । बुध्द एयरले वैशाख २ गतेबाट यही आउँदो वैशाख २ गतेबाट भद्रपुर–पोखरा दैनिक सिधा उडान भर्ने भएको छ । उडान तालिका सार्वजनिक गर्दै बुध्द एयरले यस रुटका लागि सुरुवाती भाडादर छ हजार नौ सय कायम गरेको छ ।
उडान पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे हुनेछ । यसले स्थानीयका साथै सिलिगढी, दार्जिलिङ, सिक्किमबाट आउने पर्यटकहरुलाई समेत सहज हुने कम्पनीले विश्वास लिएको छ । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्ने जनाइएको छ ।
बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपियाँमा २ रात ३ दिनको प्याकेज छ जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न छ ।