जेठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

Advertisement

काठमाडौं । आगामी जेठ १९ देखि २३ गतेसम्म राजधानी काठमाडौँमा ‘१६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

Advertisement

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा प्रदर्शनी आयोजक समिति गठन गरी यसको तयारीको काम शुरु भइसकेको छ ।
 

Advertisement

Advertisement