नेपाल बैंकका ग्राहकलाई दराजमार्फत सपिङ गर्दा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । नेपाल बैंक र अनलाइन सपिङ पोर्टल दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएकोछ । यो योजना चैत्र २८ देखि लागू हुने भएको हो । 

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । बैंकले  आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । 

Advertisement

नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेको छ ।
 

Advertisement

Advertisement