‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० र बैशाख १ बाट पोखरामा फेवा नववर्ष सडक महोत्सव

Advertisement

काठमाडौं । कोरोना महामारीबाट शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न भन्दै चैत ३० र बैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका यो महोत्सव गर्न लागिएको हो । 

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए । उनले कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनत्थापनको लागि सहयोगी हुने बताए । 

Advertisement

सुवेदीले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाखभन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताए । उनले महोत्सवमा ३५ लाख खर्च हुने बताए । 

सुवेदीले भने, ‘पछिल्लो समय नेपाली नयाँ वर्ष  मनाउने प्रचलन बढेकाले आन्तरिक पर्यटक नै १७ औं फेवा नव वर्ष महोत्सवमा एक लाख भन्दा बढी कट्ने अनुमान लगाएका छौं । कारोबारको हिसावमा व्यापार भन्दा पनि पोखराको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्य रहेको छ । संस्थाले घाटा नै खाएर भए पनि महोत्सव भए पनि ३५ लाख रुपियाँ खर्च हुन्छ । ३० लाख रुपियाँ उठि सकेको छ । बाँकी ५ लाख घाटा रहेको छ । पोखराको सबै होटल गरेर पर्यटकको लागि बेड क्षमता ४० हजार रहेका छन् । अहिले थग्न सक्ने अवस्थामा छौं ।’

त्यस्तै, होटल संघमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेटमार्फत केही नीति ल्याए पनि कार्यान्वयन.नगरेको बताए । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागेको शाहको भनाई छ । उनले पछिल्लो समय नेपालमा भारतलगायत अन्य देशका पर्यटन बढ्दै गएको बताए । 

Advertisement

Advertisement