नेपाल टेलिकमका लगानीकर्तालाई यस पटक बोनस शेयर पनि

Advertisement

काठमाडौं । गएको आर्थिक बर्षमा सात अर्ब ३३ करोड मुनाफा आर्जन गरेको नेपाल टेलिकमको बार्षिक साधारणसभाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पास भएको छ । 

बिहीबार आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी संचालक समितिका अध्यक्ष बैकुण्ठ अर्यालले कम्पनीको वित्तीय विवरण सार्वजनिक गरेका थिए । 

Advertisement

उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको तर्क गरे । अर्यालले भने, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट पाँच अर्ब ८० करोड, वायरलेस सेवाबाट तीन अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

गएको आर्थिक बर्षमा पनि ४० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले अहिले भने बोनस शेयर नगद लाभांश गरेर ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव पास गरेको हो । शेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको अर्यालको भनाई छ । 

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको बताए । अनलाईन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको टेलिकमले जनाएको छ । बोनस शेयर पनि कम्पनीको चुक्ता पूँजी १८ अर्ब पुग्नेछ ।  

Advertisement

Advertisement