मोरङमा चार किलोमिटर लामो एउटा शहर माटोमुनी पुरिएर बसेको नेता खनालको खुलासा

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको भएको बताएका छन् । 

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ? भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताए । 

Advertisement

नेता खनालले अब गाउँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन् । शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै चार हजारदेखि तीन हजार वर्षको मेसोपोटामियाको सभ्यतादेखि शुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्छन् । हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँछ । त्यहाँ चार किलोमिटर लामो चार किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ । त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ । त्यो कुन कालखण्डको सिटी हो ? मान्छेहरुले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरवार हो भन्ने गरेका छन् । तर हो कि होइन, हामीले अनुसन्धान नगरिकन पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन । तर त्यो यथार्थ हो । त्यो इसाई संवत भन्दा अगाडिको कुरा हो । आजको युगमा हामीले कसरी यो शहरीकरणलाई व्यवस्थित बनाएर लैजाने यी कुराहरुमा गम्भीरतापूर्वक सोच्नुपर्छ । त्यही अनुकुलको नीति निर्माण गर्नुपर्ने आवश्यक्ता छ ।’

खनालले नेपालका केही स्थानहरुमा पूराना शहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताए ।

Advertisement

Advertisement