महानगर र उपमहानगर भागबण्डा गर्ने कुरामा सत्ता गठवन्धनमा आज पनि सहमति जुटेन

Advertisement

काठमाडौं । सत्ता गठवन्धनमा रहेका पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरसहितका पदमा उम्मेदवारी दिने कुरामा सोमबार पनि भागवण्डा मिल्न  सकेन् । 

भागबण्डा नमिल्दा राजनीति झन पेचिलो बन्दै गएको छ । पाँच दलबीच भागबण्डा टुङ्ग्याउने भन्दै आज बसेको बैठकमा कुरा नमिलेपछि अन्योलता बढेको हो । उक्त कुरामा सहमति जुटाउन आज नै गठवन्धनका दलहरुको दुई पटक बैठक बसेको थियो । 

Advertisement

तर सबैले आफ्नो अडान नछोडेपछि कतै स्थानीय चुनाव नै प्रभावित हुने त होइन् ? भन्ने आशंका बढ्न थालेको छ । बैठकमा सहभागी एक मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भागबण्डा मिलाउन मंगलबार बिहान पनि पुनः बैठक बस्ने जानकारी दिएका छन् । 

Advertisement

Advertisement