एमसीसी पास गरेकोमा नेपाल भ्रमणमा रहेका अमेरिकी साँसदहरु खुशी, नेपाललाई थप सहयोग हुने

Advertisement

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संसदप्रति आभार व्यक्त गरेका छन् । 

नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रियामा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गरे । 

Advertisement

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको समूहका संयोजक मिनेन्द्र रिजालले बताउ । 

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंशा गरेका थिए । उनले भने, ‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पु¥याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ जुनसुकै सरकार भए पनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।’
रिजालले थपे, ‘नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एशीयाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नु भयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पु¥याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्नुभयो ।’

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गरेका हुन् । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो । एमसीसी पास गरिएपछि भएको अमेरिकी साँसदहरुको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Advertisement

Advertisement