हामीलाई जिताए नातेदारलाई सल्लाहकार, विज्ञ, कर्मचारीको रुपमा नियुक्त गर्दैनौंः कांग्रेस

Advertisement

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी गराए कोही पनि जनप्रतिनिधिले आफ्ना नातेदार वा परिवारका सदस्यलाई सदस्यको सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगीको रुपमा नियुक्त नगर्ने प्रतिवद्धता जनाएको छ । 

स्थानीय निर्वाचनका लागि घोषणा पत्र जारी गर्दै कांग्रेसले आइतबार उक्त प्रतिवद्धता जनाएको हो । आफ्ना नातागोता र परिवारका सदस्यलाई सरकारी नियुक्ति दिई राज्य स्रोतको दोहन गर्ने प्रवृत्ति बढेसँगै विरोध पनि भइरहेको बेला कांग्रेसले त्यस्तो नगर्ने बताएको हो । सो पार्टीले जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने पनि जनाएको छ । 

Advertisement

सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन नगर्ने र गर्न नदिने, कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने, निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायीरुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने तथा कानुन आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन नगर्ने महिलामाथि हुने हिंसा, जातीय भेद्भाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरुपमा समेत कुनै पनि अवस्थामा संलग्न नहुने बताएको छ । 

Advertisement

Advertisement