रात्रिकालिन उडान गर्न नसक्ने भन्दै वायुसेवा सञ्चालकहरुद्धारा आन्तरिक उडान बन्द गर्ने चेतावनी

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप धेरै भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान गर्न आन्तरिक वायुसेवा सञ्चालकहरुलाई निर्देशन दिएपछि वायुसेवा सञ्चालकहरुले विरोध जनाएका छन् । 

नेपाल वायुसेवा सञ्चालक संघले रात्रिकालीन उडानको निर्देशनलाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ  । प्राधिरकणले भोलि शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिकामा उडान  गर्न निर्देशन दिएको छ । संघले भने रात्रिकालिन उडान तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

Advertisement

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । रात्रिकालिन उडान सेवा भएका विमानस्थलहरुमा राती जहाज उडान प्राधिकरणको निर्देशन छ । 

तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको भन्दै वायुसेवा सञ्चालकहरुले अहिले नै रातको ८ बजेपछिका नियमित उडान कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको बताएको छ । 
 
अग्रिमरुपमा टिकट काटिसकेका यात्रुलाई एक्कासी उडान तालिमका परिवर्तन गर्दा मार पर्ने भन्दै संघले रात्रिकालिन उडानमा धेरै खालका प्राविधिक समस्या आउने बताएका छन् । वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने बताएको छ । 

Advertisement

Advertisement