आइजिपी बढुवाविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा

Advertisement

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि  हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही वैशाख २२ गतेलाई राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । 

Advertisement

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Advertisement

Advertisement