फरवार्ड माइक्रोफाइनान्सद्वारा १४ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश घोषणा गरेको छ ।

असोज १५ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Advertisement

लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनश शेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात् लगानीकर्ताले पाउनेछन् ।

Advertisement

Advertisement