होटल संघद्वारा राहत कोष स्थापना, जम्मा भएको रकम सरकारलाई बुझाइने

Advertisement

काठमाडौँ । होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । 

देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थापन गरेको विज्ञप्तिमार्फत जनाएको छ  ।

Advertisement

‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बाढीपहिरोबाट  धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

Advertisement

Advertisement