नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना छः शाह

Advertisement

काठमाडौँ । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । 

बिहीवार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सेफहरु मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पु¥याउन नसकिएको बताए । 

Advertisement

अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको बताए । वरिष्ठ उपाध्यक्ष शाहले सिद्धहस्त सेफहरुको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए । 

त्यस्तै सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरुको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने बताए । 

सेफ्स एशोसिएशन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८ औँ वार्षिकोत्सव मनाइरहेको छ । 

Advertisement

Advertisement