वास्तविक भूमिहिनले भूमि पाउने कुरा सुनिश्चित गर्ने गरी सरकारले काम शुरु गरेको छः मन्त्री श्रेष्ठ

Advertisement

काठमाडौँ । भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् । 

राष्ट्रिय भूमि आयोगले चितवनमा आयोजना गरेको केन्द्र र प्रदेशस्तरीय वार्षिक समिक्षा गोष्ठिको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानले शुुनिश्चित गरेका जनताका नैसर्गिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । 

Advertisement

जग्गा भएकै नाताले कोही अर्वपति हुने र जग्गा नभएकै कारण कोही सडकपति हुने लोकतन्त्रको कलंकलाई सधैका लागि नामेट पार्न राष्ट्रिय भूमि आयोगको अवधारणा अघि सारिएको र सोही अनुसार गठन आदेश आएको भन्दै उद्देश्य र लक्ष्य अनुसार काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड समेत दिइन् । 

मन्त्री श्रेष्ठले भूमिहीनलाई भूमि दिने विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रमा अवको दुई वर्षभित्र भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि आवश्यक प्रवन्ध मिलाउन वजेट व्यवस्था भए अनुरुप काम गर्न सम्बद्ध सवै पक्ष लाग्नु पर्ने पनि बताइन् । 

उनले जमिन माथिको स्वामित्व धर्म, संस्कृति, परम्परा, व्यवसाय, समृद्धी, समानतासँग जोडिएको संवेदनशिल विषय हो भन्दै भूमि सम्बन्धी समस्या समाधान गर्दा कुनै आग्रह पुर्वाग्रहबाट प्रेरित नभई निष्ठावान रुपमा राज्यको नीति र विधिभित्र रही तोकिएका वर्गको हित र कल्याण गर्ने गरी भूमि आयोगले काम गर्नु पर्नेमा जोड समेत दिइन् । 

राष्ट्रिय भूमि आयोग मार्फत ७७ वटै जिल्लाबाट आवश्यक कार्यप्रारम्भ भइसकेको छ । आयोगमार्फत भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासीको व्यवस्थापन गर्न ४१९ स्थानीय तहसँग सम्झौता भएको । ६८ स्थानीय तहबाट नापनक्साको कार्य प्रारम्भ भएको छ । साथै सिन्धुली, चितवन, मकवानपुरबाट भूमिहिन दलितलाई पूर्जा वितरणको कार्य प्रारम्भ भएको छ । 

Advertisement

Advertisement