सरकारसँग मिलेर चेम्बरले बाढी पीडितलाई सहयोग गर्ने, बीमा दावी भुक्तानी सहज गर्न आग्रह

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडितलाई सहयोग गर्ने जनाएको छ । चेम्बरअन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो । परिषदको संयोजकमा दीपक मल्होत्रा छन्  । 

गत बिहीबारदेखि शनिबारसम्म परेको अबिरल बर्षाका कारण राजधानी काठमाडौंसहित मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त र मृतकहरुप्रति श्रद्धान्जली तथा शोकमा रहेका परिवारजनमा समवेदना जनाएको छ । 

Advertisement

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबिरल बर्षाका कारणले देशको उद्योग धन्दा, पेशा व्यवसायमा गम्भिर असर गरेको भएपनि बजारमा औषधि, खाद्यन्न लगायत अत्यावश्यकीय बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ, ।’

चेम्बरले खाद्यन्न लगायतका बस्तुहरुको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मुल्यवृद्धि हुन नदिनेतर्फ सबै व्यवसायीहरुको सहयोग रहने समेत बताएको छ । बाढी पहिरोजन्य घटनाबाट जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्दार एवं सहयोगका लागि चेम्बरका सञ्जाललाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

विपत्तिका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दावी भुक्तानीका लागि बीमितहरुले बीमा कम्पनीहरुसँग दावी रकम माग गरेमा यथाशिघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले बीमा कम्पनीहरुसँग आग्रह गरेको छ । 

Advertisement

Advertisement