गरिमा विकास बैंकले वातावरण दिवसमा गर्यो बृक्षारोपण

Advertisement

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा गरिमा विकास बैंकले आज कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

Advertisement

बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा दिदै आईरहेको छ । 
 

Advertisement

Advertisement