आयात घटाउन, उत्पादन बढाउन केही कठोर मौद्रिक नीति आवश्यकः सिविफिन, विप्रेषणमा विशेष सुविधा देउ

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले विप्रेषण आप्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लगाउने र बैंकको लगानी पनि सहुलियतपूर्ण व्याजदरमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बाटो खोल्नेगरी आगामी आर्थिक बर्षको मौद्रिक नीति आउनुपर्ने बताएको छ । 

सिविफिनले  त्रिभुवन विश्वविद्यालयसँग मिलेर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सो संस्थाका अध्यक्ष पवन गोल्याणले अब आयातालाई कम गर्ने र उत्पादनलाई नबढाउने हो भने मुलुक आर्थिक संकटमा पर्ने बताए । आउँदो आर्थिक बर्षका लागि प्रस्तुत बजेटमार्फत औल्याइएका आर्थिक एवं वित्तीय सूचकाङ्कहरुले मुलुकको अर्थतन्त्र समस्याग्रस्त हुँदै गएको बताउँदै सिविफिनले मुलुकको बिग्रदो अर्थतन्त्रले सबैलाई चिन्ता परेको बताएको छ । 

Advertisement

अध्यक्ष गोल्याणले विगत केही समय अघिदेखि नै अर्थतन्त्रका महत्वपूर्ण सुचकहश्र ऋणात्मक दिशातर्फ उन्मूख हुँदै गरेको भन्दै यसबाट जोगिन अब मूल्यअभिवृद्धि नहुने क्षेत्रलाई नभई मूल्यअभिवृद्धि हुने क्षेत्रलाई सरकार, बैंकिङ क्षेत्र र अन्य सरोबारवाला क्षेत्रले प्राथमिकता दिनुर्ने बताए । 

उनले तथ्यमा आधारित भएर समस्याको विश्लेषण गर्दा समस्या समाधान गर्न सहज हुन्छ भनेर नै अध्ययन थरेर प्रतिवेदन सार्वजनिक गर्ने पद्दतीलाई सिविफिनले अघि बढाएको उनको भनाई थियो । गोल्याणले विगत केही सयमदेखि कायम तरलताको समस्या समाधानका आफूहरुले केही सुझावहरु दिएको बताउँदै मौद्रिक नीतिमार्फत ती कुरा सम्बोधन भए यो समस्या कम भएर जाने बताए । 

सिविफिनले पेचिलो बन्दै गएको तरलताको समस्या समाधान गर्न र घट्दो अवस्थामा रहेको विप्रेषण आप्रवाहलाई बैंकिङ च्यानलमार्फत भित्राएर उत्पादनमूलक क्षेत्रमा लगाउन स्थानीय निकायको रकमलाई सतप्रतिशत निक्षेप गणना गर्न दिनुपर्ने, अनावश्यक र विलासिताका वस्तुहरुको आयातमा गरिएको कडाईलाई निरन्तरता दिनुपर्ने, विप्रेषणको निश्चित हिस्सालाई बचत गर्न आकर्षक योजना ल्याउनुपर्ने, त्यसका लागि विशेष व्याजदर उपलब्ध गराउने, बीमाको सुविधा दिने, सामाजिक सुरक्षा कोषमा उनीहरुलाई सहभागी गराउने, उद्योग सञ्चालन गर्न चाहेमा निजको क्षमतालाई विश्लेषण गरी बचतको दशौं गुणासम्म सहुलियत ऋण दिने, आईपीओमा आरक्षणको व्यवस्था गर्ने, गैरआवासीय नेपालीलाई आकर्षक बचत र उत्पादनजन्य उद्योगमा लगानी गर्न विशेष योजना ल्याउने, मौजुदा सीडी रेसियोलाई ९५ प्रतिशत पुर्याएर उत्पादनमूलक लगानी विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको मुनाफाको वितरणको निक्र्यौल गर्ने अधिकार सम्वन्धित संस्थालाई हुनुपर्ने जस्ता सुझाव मौद्रिक नीतिका लागि दिएको छ । 

अध्यक्ष गोल्याणले सय रुपियाँ विप्रेषण आयो भने १०४ रुपियाँ उपभोगमा खर्च गर्ने बानीमा सुधार गर्नुपर्ने बताउँदै घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रियस्तरमा बजार राम्रो भए पनि त्यसको प्रशोधन, बजारीकरण र ढुवानी व्यवस्थित गर्न नसकिएको बताए । उनले हाम्रा खेतहरु बाँझो राखेर आयात गरेर खाने र सेवा उद्योगमा केन्द्रीत हुने कुराले देशको अर्थतन्त्र फस्टाउन नसक्ने भन्दै अब बैंकहरुले उत्पादनमूलक क्षेत्रमा नै लगानी केन्द्रीत गर्नुपर्ने बताए । ४–१२ को नीतिले ठूला लगानीकर्तालाई भन्दा पनि साना लगानीकर्तालाई मार परेको भन्दै गोल्याणले यो कुरालाई नेपाल राष्ट्र बैंकले मनन गर्नुपर्ने बताए । 

सिविफिनका वरिष्ठ उपाध्यक्ष उपेन्द्र पौडेलले माओवादी सशस्त्र द्धन्द्धको संकटकालिन समयमा समेत आर्थिक संकटमा नपरेको नेपालको अर्थतन्त्र अहिले श्रीलंकाको जस्तो अवस्थामा पुग्ने संभावना नरहेको दावी गरे । उनले यतिबेला बैंकको लगानी उत्पादनमा केन्द्रीत गर्नुपर्ने बेला रहेको बताए । 

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रमेश पौडेलले आर्थिक अनुशासनको अभाव र नियामन गर्ने व्यक्तिको कमजोरीले गर्दा धेरै सुचकहरु राम्रो हुन नसकेको बताउँदै मानिसहरुमा बचत गर्ने बानीको विकास नगर्दा र उपयोगमा रमाउने प्रवृत्तिमा नियन्त्रण नगर्दा अहिले समस्या देखिएको बताए । उनले रेमिटान्सको पैसा एकदेखि दुई बर्ष बैंकमा होल्ड हुने नीति ल्याएर त्यो पैसा उत्पादनमूलक उद्योग र क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्न सरकारले सक्नुपर्ने बताए । 

Advertisement

Advertisement