काठमाडौँ । नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आव २०७९/८० को लागि विभिन्न ७ कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ ।
राष्ट्र बैंकले सितारा ट्राभल्स, गोचाली टुर्स एण्ड ट्राभल्स, रिजेन्सी नेपाल, अर्विट इन्टरनेशनल, सुरुची ट्राभल्स, सी लिंक्स् र सक्सेस ट्राभल्सलाई स्वीकृति प्रदान गरेको हो ।
राष्ट्र बैंकले असार १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । रीतपूर्वक निवेदन दिएका र थप आवश्यक योग्यता पूरा गर्ने कागजातहरुको आधारमा अनुमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।