द ब्रिटिश कलेजः नेपालमै अन्तर्राष्ट्रियस्तरको पढाई, कस्ता छन् विशेषता ?

Advertisement

काठमाडौं । राजधानीको थापाथलीस्थित ट्रेड टारमा रहेको ‘द ब्रिटिस कलेज’ले नेपालमा अध्ययन अध्यापन सुरु गरेको एक दशक नाघेको छ । कलेज  स्थापनाताका धेरैलाई यो कुन उद्देश्यले खोलिएको हो ? भन्ने कुराको जानकारी त्यति धेरै थिएन् । 

द ब्रिटिस कलेज अहिले निकै परिचित बनेको छ र छुट्टै पहिचान बनाउन सकेको छ ।  यो कलेजबाट वर्षेनी तीन सयसम्म विद्यार्थी अध्ययन पूरा गरेर निस्किने गरेका छन् । आफ्नै देशमा बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन पाउने अवसर प्रदान गरेको यस कलेजले आधुनिक प्रविधिको प्रयोग गर्दै अध्ययन अध्ययापन गराउँदै आएको छ ।

Advertisement

पुरातनशैलीको शिक्षा प्रणाली बदलामा नेपालमै अन्तर्राष्ट्रियस्तरमा समेत काम गर्नसक्ने योग्य जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २१ औं शताब्दीलक्षित शिक्षा दिँदै आएकाले विद्यार्थी र  अभिभावक आफूहरुसँग सन्तुष्ट रहेको कलेजका हेड अफ एडमिसन एण्ड मार्केटिङ अमरदीप मन्डलको भनाई छ । 

कलेजले अरुको तुलनामा आफ्नो कलेजमा विद्यार्थीलाई राम्रो वातावरण दिन सफल भएको बताएको छ । विद्यार्थीको रोजाई शान्त वातावरणमा पढ्ने हुने भएकाले सोही किसिमको वातावरण दिन आफूहरु प्रयासरत रहेको कलेजका उनको भनाई छ । साथै, सुविधाहरुसहितको उत्कृष्ट कक्षा कोठाहरु  र अध्ययनको वातावरण पाउने भएकाले विद्यार्थीहरुले ब्रिटिस कलेज रोज्ने गरेको मण्डलको अनुभव छ । 

शिक्षाका लागि धेरै विद्यार्थी बाहिरिने परिस्थितिमा कमी ल्याउन स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु लागिपरेको भन्दै मण्डलले कलेजले विद्यार्थीहरुका लागि खुल्ला बहसको वातावरण समेत प्रदान गर्दै आएको बताए । यसले विद्यार्थीहरुको अभिव्यक्ति स्वतन्त्रता विकासका लागि मद्दत गर्ने उनको बुझाई छ । 

नयाँ पाठका लागि नयाँ दृष्टी
यस कलेजले आफूहरुले विद्यार्थीलाई नौलो दृष्टि प्रदान गर्ने उद्देश्य राखेको र सोही अनुसार हरेक पाठ पढाउँदा नयाँ कोणबाट पढाउने गरेको बताएको छ । 

हालसम्म विद्यार्थीले पुरातन शैलीमा पढ्ने र त्यसले बजारमा प्रतिस्पर्धा गर्न असहज हुने गरेको भन्दै ब्रिटिस कलेजले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्ने किसिमले शिक्षा दिँदै आएको बताएको छ । 

अतिरिक्त क्रियाकलाप
यस कलेजले सैद्धान्तिक ज्ञानमा मात्रै नभएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराउने गरेको छ । हालसम्म किताबी ज्ञानमा मात्रै विद्यार्थीलाई सिमित गरिएको भन्दै कलेजले विद्यार्थीहरुलाई खेलकुलदमा समेत समावेश गर्ने र उनीहरुमा नयाँ उर्जा थप्ने प्रयास गरेको बताएको छ । 

हाल ब्रिटिस कलेजले बास्केट बलमा विद्यार्थीहरुलाई सहभागी गराएर राम्रो नाम कमाउन सफल भएको छ । जीवन उपयोगी र व्यवहारीक शिक्षामा जोड दिएकाले पनि विद्यार्थीहरुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सफल हुँदै आएको कलेजको दावी छ । भौतिक संरचना ठूलो र राम्रो भएकाको आधारमा पनि ब्रिटिस कलेजको छुट्टै पहिचान बनेको हो । 

युनिभर्सिटी अफ द वेस्ट इङ्ग्लयाण्ड र लिड्स बेकेट यूनिभसिर्टी जस्ता चर्चित विश्वविद्यालयको मातहतमा सञ्चालित यो कलेजले ती विश्वविद्यालयअनुसारको फरक शैक्ष्कि कार्यक्रम नेपालमा सञ्चालन गर्दै आएको छ । 

युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्लयाण्डमा बीबीएम, एमआईबीएम र बिएससी साईबर सेक्यूरीटी तथा डिजिटल फर्गिसेस कोर्स सञ्चालित छ भने लिड्स ब्याकेट युनिभर्सिटीबाट बिएससी, बिएचएम, एमबीए, एमएससी, ईएमबीए सञ्चालित छ ।

बेलायतमा रहेका गैरआवासीय नेपालीको लगानी रहेको ब्रिटिस कलेजको प्रिन्सिपल भने बेलायती प्रोफेसर म्यारी बिसोफ छन् । मन्डलले कर्पोरेट नेपालसँग भने, ‘नेपालमा सबैभन्दा पहिला साइबर सेब्यूरीटीसँग सम्बन्धि शिक्षा पढाउने शैक्षिक संस्थामा हामी पर्न सफल भएका छौं । हामीले उक्त विषयको सुरुवात यही सन २०२१ बाट गरेका हौं । हामीले विश्वमा आवश्यक भएको तर कही पनि सुरु नगरिएको शिक्षाको सुरुवात गरेका हौं ।’ 

युकेको आवद्धता रहेकाले यहाँ पढेका विद्यार्थीहरुले आफ्नो जीवनकालमा बेलायत जान सहज हुने उनको भनाई छ । नेपालमा चार वर्षको व्याच्लर्स अध्ययन गरेपछि विद्यार्थीलाई युके जान सहज हुनुको पछाडी द ब्रिटिस कलेज र ब्रिटिस कलेजको मान्यता बराबर हुने भएकाले हो । साथै, नेपालमा तीन वर्ष व्याच्लर्स अध्ययन गरेर अर्को बाँकी गरेको अन्तिम एक वर्षका व्याच्लर्स पनि विद्यार्थीले सिधैं बेलायतमा अध्ययन गर्न मिल्ने सुविधा यस कलेजमा मात्र रहेको मण्डलले बताए । 

ब्रिटिस कलेजले विद्यार्थीहरुको रोजाईमा पर्नुको पछाडी केही विशेष कारणहरु रहेको बताएको छ । कलेजले आफ्नो भवन उपयुक्त स्थानमा रहेकाले पनि विद्यार्थीहरुलाई सहज हुने बताएको छ । त्यस्तै, उच्च तहका विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रम संचालन गरेको तथा दक्ष अन्तर्राष्ट्रिय शिक्षकहरु रहेकाले आकर्षण बढ्दो रहेको पनि मण्डलले बताए । 

त्यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड ब्रिटिस एर्कोडेसन काउन्सिल बिएसीमा यस कलेजल छनोट हुन सफल भएको थियो । कलेजमा अग्रिम भर्ना गर्ने विद्यार्थीरुका लागि पनि विशेष छुटको अफरहरु दिइएको छ । आगामी अगस्ट १५ गते भन्दा अगाडी भर्ना गर्ने विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपियाँ छुट हुने कलेजे बताएको छ । 

पचास जना विद्यार्थीले यो अर्लि बर्ड स्कीम प्राप्त गर्नेछन् । कलेजले इन्टरनेट अफ थिङ्गस (आईओटी) ल्याब संचालन गरेको छ । त्यस्तै, विद्यार्थीहरुलाई मानसिक रुपमा तन्दुरुस्त राख्न आवश्यक कक्षारु समेत यस कलेजले संचालन गर्दै आएको छ ।

बेलायतमा समर स्कूल योजनामा विद्यार्थीले घुम्न पाउने 
यहाँ अध्यनरत सबै विद्यार्थीले दुवही भ्रमणको अवसर प्राप्त गर्छन् भने नाम लेखाएर इच्छुक विद्याथीहरु युके (बेलायत) समर भ्रमणमा पनि सहजै जाने गरेका छन् । कलेजले आधुनिक शिक्षा प्रणालीलाई ध्यानमा राखेर विद्यार्थीहरुको दक्षता वृद्धि गर्न रोचक किसिमका खेलकुदमा समेत विद्यार्थीहरुलाई समावेश गराउने जनाएको छ ।

Advertisement

Advertisement