पर्वतारोही पस्दावा शेर्पाले ६९ दिनमा ५ वटा हिमाल आरोहण गरी बनाए कीर्तिमान

Advertisement

काठमाडौं । पर्वतारोही पस्दावा शेर्पाले एकै वर्षमा दुई वटा कीर्तिमान राख्न सफल भएका छन् । 

एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार पस्दावा शेर्पाले शुक्रबार पाकिस्तानको समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । 

Advertisement

पर्वतारोही पस्दावा शेर्पाले विश्वका टप ५ (८, ००० मिटर) अग्ला हिमालहरु र टप ३ अग्ला हिमालहरु छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका संस्थापक पेम्बा शेर्पाले जानकारी दिए । 

मकालुका ३१ वर्षीय शेर्पाले ६९ दिनमा विश्वको सबैभन्दा अग्ला ५ वटा हिमालहरु छिटो समयमा आरोहण गर्ने आरोही बनेका छन् । उनले चढेका ५ वटा हिमालहरु ८ हजार मिटरभन्दा अग्ला शिखरहरु (सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु) हुन् । यसअघि विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले ७० दिनभित्र सोही हिमालहरु आरोहण गरी विश्व कीर्तिमान रेकर्ड राखेका थिए । 

पर्वतारोही पस्दावाले विश्वका ३ अग्ला हिमालहरु (सगरमाथा, केटु र कञ्चनजङ्घा) पनि सबैभन्दा छिटो समयमा आरोहण गरी कीर्तिमान कार्यम गरेको एट–के एक्सपिडिसनका संस्थापक शेर्पाले जानकारी दिए । 

डोरी फिक्सिङ टोलीका सदस्य रहेका पास्दावा शेर्पाले यसअघिको ७० दिनभित्रको रेकर्ड तोड्दै ६९ मा विश्वका पाँच वाट अग्लो हिमाल आरोहण गर्ने सबैभन्दा छिटो व्यक्ति बनेको एट–के एक्सपिडिसनका संस्थापक शेर्पाले बताए । संस्थापक शेर्पाका अनुसार शेर्पाले मे १४ मा कञ्चनजङ्घा (८५८६ मिटर), मे २२ मा सगरमाथा (८८४८.८६ मिटर), र ल्होत्से (८५१६ मिटर), मे २७ मा मकालु (८४६३ मिटर) र जुलाई २१ मा केटु चढेका हुन् । त्यस्तै उनले २८ अप्रिलमा अन्नपूर्ण १ (८०९१ मिटर), मे ८ मा धौलागिरी १ (८१६७ मिटर) र जुलाई १ मा नंगा पर्वत (८१२६ मिटर) आरोहण गरेका थिए ।

त्यस्तै, नर्वेकी ३६ वर्षे क्रिस्टिन हरिलाले पनि दावा ओन्जु शेर्पासँगै आज (शुक्रबार) बिहान केटु हिमालको सफल आरा्हण गरेकी छन् । नर्वेकी हरिलाले पनि विश्वको सबैभन्दा अग्ला (८,०००मिटर) ८ वटा हिमालहरु छिटो समयमा आरोहण गर्ने महिला बनेकी छन् । हरिलाले पनि ६९ दिनमा सो हिमालहरुको सफल आरोहण गरेकी हुन् । 

पास्दावा, क्रिस्टिन र दावा ओङ्जु तीन जना विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ने अभियानमा छन् । उनीहरुले ६ महिनामा विश्वको सबै १४ वटै अग्ला हिमालहरुको आरोहण गर्ने योजना रहेको छ । शेर्पाका अनुसार तीनै जनाले धेरै कीर्तिमान बनाएका संस्थापक शेर्पाको भनाइ छ । 

नर्वेकी हरिलाले हिमाल आरोहण विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णबाट सुरुवात गरेकी थिइन् । त्यसपछि १० दिनमा उनी धौलागिरीको चुचुरोमा पुगिकी थिइन । हरिलाले सगरमाथा र ल्होत्से आरोहण गरी आफ्नै रेकर्ड पनि तोडेकी थिइन् ।

 

Advertisement

Advertisement