कात्तिक १३ बाट गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने विज एयरको तयारी

Advertisement

काठमाडौं । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका अर्काे हवाई कम्पनीले ईच्छा देखाएको छ। कुवेतको जजिरा एयरवेजले सुरुदेखि नै साताको तीन उडान गर्दै आएको छ । कात्तिक १३ गते देखि विज एयरले यूएईको अबुधाबीबाट साताको  तीन  उडानका  लागि  प्राधिकरणसँग  अनुमति मागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एरोनोटिकल  पब्लिकेसन  इन्फर्मेसन  जारी  गरेलगत्तै  प्राधिकरणको  सम्पर्कमा  आएको  विज एयरले मङ्गलबार, बिहीबार र शनिबार उडानभर्नेगरी अनुमति  मागेको  छ। युरोप  तथा

Advertisement

अफ्रिकासहित  विश्वका चार  देशसँग  हवाई  सम्बन्ध  रहेको  विज  एयरको  २३४  सिट  क्षमताको  जहाज छ। यो जहाज आएमा युरोप  र  अफ्रिकी  पर्यटकको  सङ्ख्या  बढ्ने  अनुमान गरिएको छ। विज एयरको एयरबस ३२१ निओ  सिरिजको  विमान  सञ्चालनमा  आएसँगै  वैदेशिक  रोजगारीका  लागि  खाडी  मुलुक  आउने÷जाने  नेपाली  र  लुम्बिनी  घुम्न  आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ।

हाल  यो विमानस्थलमा एक दर्जनजति  हवाई  कम्पनी  उडान  भर्न  इच्छुक  देखिएका  छन् । हाल सातामा तीन उडान गर्दै आएको जजिरा  एयरले  पनि  भदौ  ३०  गते  (सेप्टेम्बर  १५)देखि नियमित दैनिक एक उडान गर्ने तयारी गरेको छ। त्यस्तै हाल त्रिभुवन अन्तर्राष्ट्रिय   विमानस्थलमा  उडान  भर्दै  आएको  एयर  अरेबियाले पनि सेप्टेम्बर मध्यदेखि गौतम बुद्ध विमानस्थलमा उडान भर्नेगरी तयारी गरिरहेको छ। नागरिक उड्डयन प्राधिकरणले यो  विमानस्थलमा आकर्षण बढाउन जहाज उडान तथा अवतरण, पार्किङ,  सञ्चार  तथा  उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा एक वर्षलाई शतप्रतिशत छुट दिएको छ ।

Advertisement

Advertisement