Advertisement

काठमाडौं । चन्द्रागिरी केबलकार व्यवस्थापनले चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेको दावी गरेको छ । चन्द्रागिरि हिल्स प्रालिले शुक्रबार पत्रकारहरुलाई केवलकार निरीक्षण गराएर सुरक्षित रहेको जानकारी गराएको हो ।

केवलकार सेवा सञ्चालन भइरहँदा बीचमा रोक्किएर यात्रुहरु डराउन थालेपछि कम्पनीले त्यसमा नडराउन आग्रह गरेको हो । कम्पनीले विशिष्ट व्यक्तिदेखि विदेशी पाउनाहरुलाई पनि चन्द्रागिरि केवरकार चढाएर माथिको दृश्यावलोकन गराउने गरेको छ । 

Advertisement

आजको पत्रकार सम्मेलनमा कम्पनी समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरुमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताए । 

केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गेणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरी केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको बताउँदै उनले आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको बताए । 

केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने ढकालको भनाई छ । बत्ती जाँदा केबलकार रोकिनस्क्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउनसकिने भन्दै उनले केबलकार रोक्किँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भएपनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको बताए । 

उनले केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी भएकोले ढुक्क भएर यात्रा गर्न आग्रह गरे । केबलकारमा कुनै पनि हिसावले सुरक्षामा कन्जुस्याईं नगरिएको ढकालको भनाई छ । उनले नेपालमा केबलकारको कुनैपनि घटना हुनु भनेको विश्वको २० हजार र विश्वमा केबलकार उद्योगमा नै प्रश्न उठ्ने कुरा भएको हुँदा सुरक्षामा हेलचेक्राईं नरहेको स्पष्ट पारे । 
सामान्यतयाः विद्युत आपुर्ति बन्द भएको अवस्थामा, पानी,चट्याङ परेको अवस्थामा केवलकार कहिलेकाहीँ अचानक बन्द हुने कम्पनीले भनाई छ । 

Advertisement

Advertisement