काठमाडौँ । प्रभु बैंक लिमिटेड र अन्नपूर्ण केबलकार प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु राना मगर र अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेकासम्पूर्ण ग्राहकहरुले अन्नपूर्ण केबल कारद्धारा सञ्चालित केबल कार सेवा अन्र्तगत टिकट शुल्कमा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।
सम्झौता अन्तर्गत अन्नपूर्ण केबल कारमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।