डिजिटल सिस्टममा स्तरोन्नति गर्न मनकामना केवलकार साउन २३ बाट बन्द हुने

Advertisement

काठमाडौं । केवरकार सेवा सेवा प्रदायक कम्पनी मनकामना दर्शन प्रालिले स्तरोन्नति कार्यका लागि साउन २३ गतेबाट अर्को सुचना नभएसम्मका लागि सेवा बन्द हुने जानकारी दिएको छ । 

कम्पनीको सुचनाअनुसार पहिलो चरणमा एनालग सिस्टमबाट डिजिटल सिस्टममा लैजाने क्रममा अष्ट्रियाबाट आउने प्राविधिक टोलीले काम गर्ने भएकाले त्यस क्रममा सेवा बन्द रहने जानकारी दिएको हो । 

Advertisement

यो कार्य पूरा हुन पाँच–छ हप्ता समय लाग्ने अनुमान गरिएको छ । चितवनको कुरिनटारदेखि गोर्खाको मनकामना मन्दिरसम्म जाने सेवा प्रदान गर्दै आएको र आफ्नो छुट्टै विशिष्ट पहिचान बनाएको मनकामना केवरकारले अहिलेसम्म दशौं लाख यात्रुलाई सेवा दिनुका साथै स्थानीयवासी र स्थानीय क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ ।  
 

Advertisement

Advertisement