छुट्टै मधेस प्रहरी राख्न नदिएको भन्दै मधेसको सरकार नै आन्दोलनमा उत्रिने

Advertisement

काठमाडौं । काठमाडौंका सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै भन्दै मधेस प्रदेश सरकारले नै आन्दोलनमा उत्रिने निर्णयमा पुगेको छ । मधेसका गृह तथा सञ्चारमन्त्री भरत साहले पत्रकार सम्मेलन गरेर आफ्नो सरकार चरणवद्ध संर्घष गर्ने निर्णयमा पुगेको बताए । 

साहले प्रदेश सरकारले केन्द्र सरकारलाई यसबारेमा जानकारी गराउँदासमेत चित्तबुझ्दो जवाफ नआएको भन्दै चरणवद्ध आन्दोलन गर्ने निर्णयमा पुगेको बताए । उनले प्रदेश सरकारको तर्फबाट यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका नेताहरुलाई ज्ञापन बुझाएको तर केन्द्र समायोजन गर्नका लागि गम्भीर नदेखिएको आरोप लगाए । 

Advertisement

साहले प्रहरी बिना शान्ति सुरक्षा गर्न सम्भव नरहेको बताउँदै यसका लागि संर्घष एकमात्र विकल्प रहेको तर्क गरे । उनले २२ गते प्रदेशमा रहेका सबै दलका प्रदेश सभा सदस्यसहित सबै मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको जानकारी दिए । 

साहले सात दिने अल्टिमेटमसहित दिइने ज्ञापनपछि पनि सरकार प्रहरी समायोजन नगरे संघर्षका थप कार्यक्रहरु सार्वजनिक गरिने बताए । प्रदेशका सबै राजनीतिक दलहरुको बैठकबाट नै यस्तो निर्णय गरिएको बताउँदै उनले आफूहरुको आन्दोलनमा प्रदेशका हरेक राजनीतिक दलको समर्थन र सहयोग रहने जिकिर गरे ।

अहिलेपनि संघीयता बिरोधीहरुलाई बल पुग्नेगरी सरकारले काम गरिरहेको साहको तर्क छ । अधिकार नदिँदा संघीयताले जुन रुपमा काम गर्नुपर्ने हो, त्यसमा कमी आएको भन्दै राजधानीमा प्रधानमन्त्रीसँग भेट्दा प्रहरी समायोजन गर्नमा गम्भीर नदेखिएको आरोप लगाए । 

Advertisement

Advertisement