काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो ।
जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको प्रबन्धक मानन्धरले जानकारी दिए ।
जहाजमा चालक दलका सदस्यसहित ८० जना यात्रारत थिए । यात्रुहरुलाई अर्को जहाजमा पठाउनका लागि मिलाउदै छौं, उनले भने ।