काठमाडौं विश्वविद्यालयले होटल व्यवस्थापन अध्यापन गराउने सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र काठमाडौं विश्वविद्यालय (केयू) बीच होटल व्यवस्थापन अध्यापन गराउने विषयमा सम्झौता भएको छ । 

पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक जनशक्ति उत्पादनका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा केयूका प्राध्यापक देवी विडारी र नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले हस्ताक्षर गरेका हुन् ।  

Advertisement

उक्त अवसरमा पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताए । 

कार्यक्रममा बोल्र्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको कार्ययोजनालाई सबै मिलेर कार्यान्वय गर्न सके नेपालमा अपेक्षित भन्दा धेरै पर्यटक भित्रिने बताए । नेपालको समृद्धिका आधारहरुमा ३ वाट आधारहरु राखेका छौं, त्यसमा पर्यटन क्षेत्र पनि एउटा महत्त्वपूर्ण आधारको रुपमा लिइएको मन्त्री श्रेष्ठको भनाई छ । 

पर्यटन उद्योगलाई विकास गर्नु पर्छ र यसको मध्यमबाट देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको भनाई छ । 

मन्त्री श्रेष्ठले बागमती बाहेकका ६ वटा प्रदेशमा प्रतिष्ठान विस्तार गरेर पर्यटन तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्नेगरी काम अघि बढिरहेको जानकारी दिए । 

‘अब सबै प्रदेशमा रहेका युवाहरुले काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्रदान गर्ने शिक्षा हासिल गर्न सक्ने एउटा स्थिति निर्माण भएको छ’–मन्त्री श्रेष्ठले भने । 


 

Advertisement

Advertisement