दावा याङ्जुम शेर्पा शिशपाङ्मा हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पा शिशपाङ्मा हिमालको आरोहण शिशपाङ्मा हिमालको आधार शिविर पगेकी छन् । 

चीनमा रहेको शिशपाङ्मा हिमालको सफलतापूर्वक आरोहणसँगै उनी विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो महिला बन्ने छिन् । उनले विश्वका आठ हजार मिटर अग्ला १४ वाटै हिमालहरु मध्ये १३ वटाको आरोहण गरिसकेकी छन् । आरोहण गर्न बाँकी रहेको हिमालको सफल आरोहणसँगै उनले कीर्तिमान कायम गर्ने छिन् । 

Advertisement

उनी विश्वको चौधौ अग्लो हिमाल शिशपाङ्मा हिमालको आधार शिविर पुगिसकेको र हाल आरोहणको तयारी रहेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । शेर्पाले क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनी माफत शिशपाङमा हिमालको आरोहण गर्न लागेकी हुन् । 

शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुनुका साथै रोलेक्स घडीको सबैभन्दा कान्छी ब्रान्ड एम्बेसडर र ‘द नर्थ फेस’को ‘एथलिट’ पनि हुन् । साथै, उनीसहित पासाङ ल्हामु शेर्पा अकिता र माया शेर्पा पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । 

दोलखा रोल्वालिङ उपत्यका (ना गाउँ–४,२०० मिटर उचाइमा रहेको) मा जन्मिएकी शेर्पा आफू मात्र नभइ विश्व बजारमा नेपाल र नेपालीलाई चिनाउने एक साहसी महिला पनि हुन् । 

Advertisement

Advertisement