रामेछापको विमानस्थल अवरुद्ध भएपछि लुक्लाका लागि जनकपुरबाट उडान शुरु
फाइल तस्बिर

Advertisement

काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थल पुग्ने सडक अबरुद्ध भएपछि लुक्लाका लागि जनकपुर विमानस्थलबाट उडान शुरु गरिएको छ । 

नेपाल नागरिक उड्डायन प्राधिकरण (क्यान) ले वैकल्पीक व्यवस्थाका लागि केही दिनका लागि जनकपुर–लुक्ला उडान गराउने निर्णय गरेको हो ।

Advertisement

पर्यटकीय सिजन सुरु भएसँगै विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । नेपालमा पदयात्राका लागि आउने पर्यटकहरुको चहलपहल पनि त्यतिकै छ । एकातिर पर्यटकीय सिजन अर्कोतिर दशैं पनि नजिकिएको छ ।

दशैं र पर्यटीय सिजनले त्यतिकै हवाई उडान बुकिङ भइरहेको अवस्थामा संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने, बाहिरिने मुख्य सडकमार्ग पनि अवरुद्ध छन् । 

सडक अवरुद्ध भएपछि हवाई यात्रुहरुको चाप ह्वात्तै बढेको हो । सिजनको बेला पर्यटकहरु काठमाडौंबाट बसमा यात्रा गरी मन्थली विमानस्थलबाट हवाई उडान माफत लुक्ला जान थिए भने सडक अवरुद्ध भएपछि प्राधिकरणको निर्देशन अनुसार अब केही समयका लागि जनकपुरबाट लुक्ला जान पर्ने भएको छ । 

प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौंमा इन्धन उपलब्ध गराउन पनि सकस रहेको छ ।  काठमाडौंमा बाटोघाटोले गर्दा पनि इन्धन आपूर्तिमा समेत असर परेको बताउँदै उनले भने, ‘एयरलाइन्स कम्पनीहरुले केही दिनका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान गर्दै आएकोमा अब काठमाडौंबाट जनकपुर हुँदै लुक्ला जानुपर्ने निर्णय गरेका छौं । हाल रामेछापस्थित मन्थली विमानस्थल पुग्ने सडक समेत अवरुद्ध हुँदा हामीले वायुसेवा संचालक संघ, नेपालसगँ सल्लाहअ गरेर नै यो निर्णय गरेका हौं ।’ 

लुक्ला–काठमाडौं हवाई दुरी जति हो, उत्तीकै दुरी जनकपुर–लुक्लाको छ । जनकपुरबाट व्यवस्थापन गर्न सके इन्धनको पनि सहजता र बजारको पनि सहजता हुने । 

यात्रुहरुको सहजताको लागि हामीले विमानस्थल रातिको १२–१ बजे सम्म नै संचालन गरिरहेका छौं । सम्भाव भएसम्म विमानस्थल पुरै संचालन गर्ने उनले जानकारी दिए । 

यसैबीच तारा एयरले आजैबाट काठमाडौं–जनकपुर–लुक्ला उडान संचालन गर्न सुरु गरिसकेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।  

Advertisement

Advertisement