पर्वतारोही पस्दावा, दावा ओन्जु र नर्वेकी क्रिस्टिनले गरे गसेरब्रुम-१ हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही पस्दावा शेर्पा, दावा ओन्जु शेर्पा र नर्वेकी क्रिस्टिन हरिलाले पाकिस्तानको गसेरब्रुम–१ हिमालको सफल आरोहण गरेका छन् । 

२०२२ को सिजनमा गसेरब्रुम–१ हिमालको शिखरमा यी तीनजना पहिलोपटक पुगेका हुन् । एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार पर्वतारोही पस्दावा, दावा ओन्जु र नर्वेकी क्रिस्टिन हरिलालेसँगै आज बिहिबार पाकिस्तानको समय अनुसार बिहान ७ बजेर १५ मिनेटमा विश्वको एघारौं अग्लो अर्थात ८,०८० मिटर अग्लो गसेरब्रुम–१ हिमालको सफल आरोहण गरेका हुन् ।  

Advertisement

उनीहरु तीन जनाले विश्वको सबै १४ वटै अग्ला हिमालहरु मध्ये ११ वटा ८ हजार मिटर अग्ला हिमालहरुको आरोहण गर्न सफल भएका छन् ।यसअघि यहि सिर्जनमा पर्वतारोही पस्दावाले विश्वका टप ५ (८,००० मिटर) अग्ला हिमालहरु र टप ३ अग्ला हिमालहरु छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका संस्थापक पेम्बा शेर्पाले जानकारी दिए । 

मकालुका ३१ वर्षीय शेर्पाले ६९ दिनमा विश्वको सबैभन्दा अग्ला ५ वटा हिमालहरु छिटो समयमा आरोहण गर्ने आरोही बनेका थिए ।

उनले चढेका ५ वटा हिमालहरु ८ हजार मिटरभन्दा अग्ला शिखरहरु (सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु) हुन् । यसअघि विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले ७० दिनभित्र सोही हिमालहरु आरोहण गरी विश्व कीर्तिमान रेकर्ड राखेका थिए । 

संस्थापक शेर्पाका अनुसार नर्वेकी ३६ वर्षे क्रिस्टिन हरिलाले केटु हिमालको सफल आरा्हण गरी विश्वको सबैभन्दा अग्ला (८,०००मिटर) ८ वटा हिमालहरु छिटो समयमा आरोहण गर्ने महिला बनेकी थिइन । हरिलाले पनि ६९ दिनमा सो हिमालहरुको सफल आरोहण गरेकी थिइन् । 

पास्दावा, क्रिस्टिन र दावा ओङ्जु तीन जना विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ने अभियानमा छन् । 

उनीहरुले ६ महिनामा विश्वको सबै १४ वटै अग्ला हिमालहरुको आरोहण गर्ने योजना रहेको छ । शेर्पाका अनुसार तीनै जनाले धेरै कीर्तिमान बनाएका संस्थापक शेर्पाको भनाइ छ । अब चो ओयु, मनास्लु र सिसापाङमा हिमाल आरोहण गर्न बाँकी रहेका संस्थापक शेर्पाले जानकारी दिए ।

नर्वेकी हरिलाले हिमाल आरोहण विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णबाट सुरुवात गरेकी थिइन् । त्यसपछि १० दिनमा उनी धौलागिरीको चुचुरोमा पुगिकी थिइन । हरिलाले सगरमाथा र ल्होत्से आरोहण गरी आफ्नै रेकर्ड पनि तोडेकी थिइन् ।

Advertisement

Advertisement