टानको अध्यक्षमा बास्तोला, सापकोटा र भण्डारी समूहबीच प्रतिस्पर्धा (उम्मेदवारहरुको सूचीसहित)

Advertisement

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ ।​

टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Advertisement

बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना तथा सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहेका छन् । यस्तै सदस्य पदमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गरेका छन् ।

त्यस्तै सापकोटा समूहको अध्यक्षमा सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिञ्जी जाङ्बु शेर्पा र सचिवमा हरि कँडरिया रहेका छन् । सदस्य पदमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहेका छन् । 

अध्यक्षका अर्का प्रत्यासी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका प्रत्यासी बास्तोलाले टानको गरिमालाई उँचो बनाउँदै पर्वतीय पर्यटन व्यवसायमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताए । अर्का प्रत्यासी सापकोटाले टानलाई व्यवसायमैत्री बनाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्षका प्रत्यासी भण्डारीले पनि टानलाई व्यवसायीको हित अनुकूलको संस्थाका रूपमा काम गर्ने बताए ।

टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुुन् । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।
 

Advertisement

Advertisement