भायानेटको नयाँ शाखा अब सुर्खेत, घोराही र तुलसीपुरमा

Advertisement

काठमाडौँ । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन पाउनेछन् ।

Advertisement

सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट(अप(बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन्। यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । 

भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर भने बीपी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ भने भायानेट तुलसीपुरको सर्भिस सेन्टर मनपुर रोड एनआईसी एशिया बैंक नजिकै खोलिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१ः२०१५ प्रामाणिक कम्पनी हो ।

Advertisement

Advertisement