अर्थसचिव कृष्णहरि पुष्करले गरे पद बहाली

Advertisement

काठमाडौँ । अर्थसचिव कृष्णहरि पुष्करले आज पद बहाली गरेका छन् । 

गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव पुष्करलाई अर्थसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

Advertisement

अर्थमन्त्री जनार्दन शर्मासँग मतभेद भएपछि अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सरुवा गरी पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी दिइएको थियो । 

सरकारले राजश्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरी पुष्करलाई अर्थसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  

Advertisement

Advertisement