बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

Advertisement

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुगेको छ भने २८ जना बेपत्ता छन् ।

१४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 

Advertisement

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले बताएका छन् । 

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

Advertisement

Advertisement