टानको अध्यक्षमा निलहरि बाँस्तोला विजयी

Advertisement

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । सोमबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटा र बोधराज भण्डारीलाई हराउँदै उनी विजयी भएका हुन् ।

बाँस्तोलाले ७३५ मतका साथ विजयी भएका हुन् । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई र कोषध्यक्षमा पुरुषोत्तम तिमल्सिना निर्वाचित भएका छन् ।

Advertisement

त्यस्तै, सदस्यमा सजना त्रिपाठी, रामप्रसाद बन्जरा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नमिनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका छन् ।

Advertisement

Advertisement