इन्धनको मूल्य फेरि सस्तियो, इण्डियन आयलको बक्यौता देखाएर अझै मूल्य नघटाउने तयारी

Advertisement

काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसुची पठाए पनि नेपाल आयल निगमले अझै मूल्य नघटाउने तयारी गरेको छ । 

सोमबार पठाइएको नयाा मूल्यसुचीुसहित लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ । तर नेपाल आयलले भने इण्डियन आयललाई बुझाउनुपर्ने बक्यौता ३१ अर्बभन्दा बढी रहेको र बक्यौता नबुझाए आपूर्ति रोक्नेसम्मको चेतावनी आएको जिकिर गर्दै मूल्य नघटाउने तयारी गरेको हो । 

Advertisement

नयाँ मूल्यसुचीअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपियाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपियाँ ८० पैसा, हवाई इन्धनको मूल्य ५ रुपियाँले सस्तिएको छ । नयाँ मूल्यपछि पनि निगमलाई १५ दिनमा ३२ करोड रुपियाँ घाटा रहने जनाइएको छ ।

निगम स्रोतका अनुसार मूल्य घट्ने हो भने सोमबार नै नयाँ मूल्यसुची आएपछि अघिसक्यौ । नघटाउनलाई नै सोमबार बैठक नराखिएको लाग्छ । मूल्य घटेर आएअनुसार नेपालमा पनि मूल्य समायोजन गर्न उपभोक्ताले आवाज उठाउँदै आए पनि सरकार र नेपाल आयल निगमले भने उदासिनता देखाउँदै आएका छन्  । 

Advertisement

Advertisement