विश्वका सबै हिन्दू एक पटक पशुपतिनाथको देश नेपाल आउनैपर्छः मन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्राउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । 

सोमवार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै उनले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्राउने वातावरण निर्माण गर्नुपर्ने बताए । श्रेष्ठले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मालम्वीहरु एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए । 

Advertisement

मन्त्री श्रेष्ठले पशुपति परिसर आफैंमा सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउँदै पशुपति परिसरको व्यवस्थापन, सरसफाई र पूजा, आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा मर्मत संभार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताए । 

उनले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण  र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गरे । श्रेष्ठले भने, ‘पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र हो । पशुपति परिसर आफैँमा एउटा सभ्यताको पहिचान बोकेको ठाउँ हो । पशुपतिले विश्वका हिन्दु धर्मालम्वीहरु आउनुपर्छ भन्ने मान्यता बोकेको छ । सरकारले त्यो खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ ।’ 

मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बँुदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएको बताए । उनले मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने दाबी गरे । 

भूकम्पबाट क्षतिग्रस्त पशुपति संग्रहालयको मर्मत संभार नेपाल इन्भेष्टमेण्ट बैंकले गरेको हो । बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ ।

Advertisement

Advertisement