उपत्यकाको फोहोर सम्बन्धी समस्या समाधानका लागि सहरी विकास मन्त्रालयले बढायो सक्रियता

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरो विसर्जन स्थल बञ्चरेडाँडाको समस्याको दीर्घकालीन हल खोज्न सहरी विकास मन्त्रालयले काम थालेको छ ।

यसैक्रममा सोमबार उक्त समस्याको दीर्घकालीन हल खोज्नका लागि संघीय सरकारले गर्नु पर्ने काम तोकिएकै समयमा गराउनका लागि सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा बैठक बसेको हो । 

Advertisement

उक्त बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधि सभा सदस्यहरु सम्मिलित सहजीकरण तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । 

समितिले सम्झौता बमोजिकमा कामहरु समयमै गर्न तीनै तहका सरकार र निकायहरुसँग समन्वय र सहजीकरण गर्ने काँग्रेस महामन्त्री तथा सांसद गगन थापाले उल्लेख गरेका छन् ।   
 

Advertisement

Advertisement