काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम

Advertisement

काठमाडौं । काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम सुरु भएको छ । तालिमको सुरुवात संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरे । 

नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो । 

Advertisement

तालिको पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू सम्पदामार्ग क्षेत्रका स्थानीय युवालाई तालिममा सहभागी गराइएको छ । यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै  पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । 

तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुर्लभ वास्तुकलाको जानकारी दिइनेछ । साथै उनीहरुलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी दिइने जनायएको छ । 

हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए । 

यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले बताए । 

सम्पदामार्गले आर्थिक गतिविधि चलायमान हुनुका साथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ छ । 
 

Advertisement

Advertisement