काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा नेपाल माउन्टेन एकेडेमीको गुड्विल एम्बेसडर (सदभावना दूत) नियुक्त भएका छन् ।
उनलाई मंगलबार एकेडेमीले गुड्विल एम्बेसडर नियुक्त गरेको हो । पर्वतारोही शेर्पा दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका छन् । उनको उपलब्धिको कदर गर्दै एकेडेमीले गुड्विल एम्बेसडर नियुक्त गरेको हो ।
शेर्पाको योगदान हिमाल र पर्वतारोहीहरूका बारेमा मानवशास्त्रीय प्रभावहरूबारे अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास एकेडेमीले जनाएको छ । एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पाका अनुसार हामीले सानु शेर्पा र नागा तेन्जी शेर्पाबाट विश्वको सर्वोच्च शिखरहरू यात्राको क्रममा हासिल गरेका ज्ञान र सीपहरू बुझ्न र अनुभव साझेदारी पनि सुन्न चाहेको बताए ।