लूप नेटवर्कले आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक लूप नेटवर्कसले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।  

उक्त कम्पनीले गत साउन ४ गते नेपाल दूर सञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको हो । ईजाजत पाएसँगै यसैबर्षको अन्त्यतिर आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ । 
 
लूप नेटवर्कसले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ । नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवकर्र्र्स सेवा प्रदायक कम्पनी एयरटेल, टाटा र सिफाईसंग प्रारम्भिक छलफल चलिरहेको कम्पनीले जानकारी दिएको छ । साथै नेटवर्कले चाँडै सेवा सुचारु गर्ने पनि जनाएको छ ।

Advertisement

लूप नेटवर्कसलेले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मूल्यमा उपलब्ध गराउन सक्ने दाबी गरेको छ । 
 

Advertisement

Advertisement