मोबाइल व्यवसायीहरुका लागि नबिलले गर्यो वित्तीय अन्तक्रिया कार्यक्रम

Advertisement

काठमाडौँ । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसंगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रबर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मचेन्ट र फोन लोनको बारेमा छलफल गरेको थियो । 

Advertisement

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए ।  

उनका अनुसार नबिल च्यानल फाइनान्सिङले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने नबिल फोनलोनले अब क्यूआर व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसैगरी उनले क्यू व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए । 

कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा  सुजन केसी (प्रहरी निरिक्षक–नेपाल प्रहरी, भक्तपुर) दिनेश चुल्याधो, (अध्यक्ष, नेपाल मोबाइल वितरण संघ) र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो  । संवाद कार्यक्रमको  संचालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए । 

Advertisement

Advertisement