एक बीमा कम्पनी र एक लघुवित्तको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक लघुवित्त र एक बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

यसैक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५५० कायम गरिएको छ । यसअघि रु. ६०५ थियो । 

Advertisement

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १५९१.९५ कायम गरिएको छ । यसअघि रु. १८१८.८० थियो । 

समायोजन गरिएको मूल्यबाट बुधबारदेखिनै दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement