गएको महिना हवाई मार्गबाट ४१ हजारभन्दा बढी पर्यटक भित्रिए

Advertisement

काठमाडौं । गएको अगस्ट महिनामा मात्र ४१ हजार ३०४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् । 

जबकी गएको बर्ष अगष्टमा जम्मा पाँच हजार ९१७ जना मात्रै पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्याङ्क छ । विभागका अनुसार २०१९ को अगस्टमा ७३ हजार ८१४ जना पर्यटक नेपाल भ्रमण गरेका थिए भने २०२० मा २५६ जना मात्रै पर्यटक भित्रिएका थिए । 

Advertisement

सन् २०२२ को जनवरीदेखि अगस्ट महिनासम्म तीन लाख २६ हजार ६६७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, गएको जुलाईमा ४४ हजार ४६२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

अगस्ट महिनामा अमेरिकाबाट चार हजार ६६, बेलायतबाट दुई हजार ८२६, भारतबाट १६ हजार १४७, बङ्गलादेशबाट एक हजार ७५१, चीनबाट एक हजार २८९, अष्ट्रेलियाबाट एक हजार २१०, मलेशियाबाट ९६०, इटालीबाट ९४१, जर्मनीबाट ८०९, फ्रान्सबाट ६५५, दक्षिण कोरियाबाट ५७४, क्यानडाबाट ५५२, जापानबाट ५४१, पाकिस्तानबाट ४२९, सिंगापुरबाट ३७७, भुटानबाट २९३, श्रीलङ्काबाट २३२, थाइल्याण्डबाट २८४, अस्ट्रियाबाट १०९, बेल्जियमबाट २०९, चेक रिपब्लिकबाट ७१, डेनमार्कबाट १०४, नेदरल्याण्डबाट ४८३, नर्वेबाट ५७, पोल्याण्डबाट १२४, रुसबाट २४९, स्विट्जरल्याण्डबाट १७५, स्पेनबाट ९१०, स्वीडेनबाट ७६, युक्रेनबाट ७७, न्युजिल्याण्डबाट ११६, इजरायलबाट १८१, टर्कीबाट २६८ जना पर्यटक भित्रिएका छन् । 

Advertisement

Advertisement