गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले दैनिक उडान सुरु

Advertisement

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हप्तामा सातै दिन उडान सुरु गरेको छ । 

विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार जजिरा एयरवेजले बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । गत जेठ २ देखि व्यवसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले अहिले साताको तीन उडान भर्दै आएको थियो ।

Advertisement

त्यस्तै ३० अक्टोवरबाट बिज एयरवेजले पनि गौतमबुद्ध विमानस्थलमा हप्तामा तीन दिन उडान गर्ने प्रवक्ता झाले जानकारी दिए ।

Advertisement

Advertisement