पर्वतारोही सानु, पस्दावा, दावा र नर्वेकी क्रिस्टिनले गरे मनास्लु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको छ । 

मनास्लुको मुख्य शिखरको कमर्सियल रुटको निर्माण भएसँगै विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा, पर्वतारोही पस्दावा, दावा ओन्जु र नर्वेकी क्रिस्टिनले गरे मनास्लु हिमालको मुख्य चुचुरोमा पाइला टेकेका छन् । 

Advertisement

शरद ऋतुको आरोहण सुरु भएसँगै ४०० विदेशीसहित ७ सयभन्दा बढी आरोहीले मनास्लु हिमालको आरोहण गर्न लागेका पर्यटन विभागले जनाएको छ ।

पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाका अनुसार विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा, मिङमा तिन्दुक शेर्पा, चिनियाँ पर्वतारोही हु ताओले बिहिबार नेपाली समय अनुसार दिउँसो २ बजेर ३६ मिनेटमा मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । 

पायोनियर ट्रेक्स मनास्लु आरोहणको हिस्सा भएर ४८ वर्षीय सानुले यस सिजन मनास्लु हिमालको पुनः आरोहण गरी मुख्य चुचुरोमा पाइला टेक्न सफल भएको अध्यक्ष पासाङ शेर्पाले बताए । यसअघि सानु ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुरो दुई पटक आरोहण गर्ने विश्वकै एक मात्र आरोही बनेका छन् । ‘तर, उनले पुनः मनास्लु हिमालको आरोहण गर्ने निर्णय गरेका छन्,’ शेर्पाले भने, यस सिजन मनास्लुको रियल समिटको विवादपछि उनले सो निर्णय गरेका हुन् । शेर्पाले दोहोरो आरोहणको कीर्तिमान कायम राख्न मनास्लु हिमालको पुनः आरोहण प्रयास गर्ने बताए । 

एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार पर्वतारोही पस्दावा, दावा ओन्जु र नर्वेकी क्रिस्टिन हरिलाले बिहिबार नेपाली समय अनुसार दिउँसो २ बजेर ३६ मिनेटमा मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

यसअघि पर्वतारोही सानु शेर्पा, पस्दावा शेर्पा, दावा ओन्जु शेर्पा र नर्वेकी क्रिस्टिन हरिलाले पाकिस्तानको गसेरब्रुम–१ हिमालको सफल आरोहण गरेका थिए । संस्थापक पेम्बा शेर्पाले भने, ‘तीन पर्वतारोहीले पाँच महिनाभन्दा कम अवधिमा १२ हिमालको सफल आरोहण गरी सकेका छन् ।’ 

उनीहरु तीन जना पर्वतारोहीले विश्वको सबै १४ वटै अग्ला हिमालहरु मध्ये १२ वटा ८ हजार मिटर अग्ला हिमालहरुको आरोहण गर्न सफल भएका छन् । पास्दावा, क्रिस्टिन र दावा ओङ्जु तीन जना विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ने अभियानमा छन् । 

उनीहरुले ६ महिनामा विश्वको सबै १४ वटै अग्ला हिमालहरुको आरोहण गर्ने योजना रहेको छ । शेर्पाका अनुसार तीनै जनाले धेरै कीर्तिमान बनाएका छन् । अब चो ओयु र सिसापाङमा हिमाल आरोहण गर्न बाँकी रहेका संस्थापक शेर्पाले जानकारी दिए । नर्वेकी हरिलाले हिमाल आरोहण विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णबाट सुरुवात गरेकी थिइन् । त्यसपछि १० दिनमा उनी धौलागिरीको चुचुरोमा पुगिकी थिइन । हरिलाले सगरमाथा र ल्होत्से आरोहण गरी आफ्नै रेकर्ड पनि तोडेकी थिइन् ।

Advertisement

Advertisement