भाट-भटेनीमा पनि नेपालपे क्यूआरबाट भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । उक्त नेपालपे क्यूआरलाई ग्राहकले नेपालपेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपालपे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपालपे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । 

Advertisement

हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

नेपालपे क्यूआरमा बैंक वित्तीय संस्थातथाभुक्तानी सेवाप्रदायकमार्फत हाल सम्म स्ट्याटिक क्यूआर, डाइनामिक क्यूआर, क्यूआर गेटवे र क्यूआर पीओएस मार्फत ७० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।   

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो । 
 

Advertisement

Advertisement