टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले लाखौं जित्दै

Advertisement

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको एक महिना पनि नपुग्दै बिराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद पुरस्कार जित्न सफल भएका छन् । 

साथै जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइलसबाट टीभीएस रेडर खरिद गर्दा १००% क्यासब्याक पाउन सफल भएका छन् । यसैगरी धापासी निवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १००% क्यासब्याक पाएका छन् । 

Advertisement

कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्रहाकहरुले लाखौंको नगद उपहार पाएका छन् । ‘कायापलट’ योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिन्छ । 

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने छन् । 

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

Advertisement

Advertisement