गल्फ लुब्रिकेन्ट्सले दशैं यात्रुहरूलाई लक्षित गरी निःशुल्क परीक्षण क्याम्प सञ्चालन गर्ने

Advertisement

काठमाडौँ । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आ–आफ्नो घरमा जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन ‘फ्रि चेक अप क्याम्प’ आयोजना गर्ने भएको छ ।

सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुन कम्पनीले जनाएको छ । 

Advertisement

‘नेपालीको महान चाड दशैंको अवसरमा हामीमध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कनेछौं । सो यात्रा आरामदायी बनाउन हामीले महत्वपूर्ण ठाउँहरु प्हिचान गरी क्याम्प सञ्चालन गर्न लागिएको छ ।’, कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

मलेखु, हेटौंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिनेछ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।

Advertisement

Advertisement